JanaKura

विश्वकपको उद्घाटनमा बलिउड अभिनेत्री नोराले प्रस्तुति दिने

टाेखालाइभ डट कम/असोज २३

काठमाडौं। कतारमा नोभेम्बर २० बाट हुन लागेको फिफा विश्वकप फुटबल २०२२मा बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् ।

एसियाली राष्ट्र कतारमा नोभेम्बर २० बाट हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् ।

नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

नोराअघि जेनिफर लोपेज, शकिराले पनि फिफा विश्वकपमा प्रदर्शन गरिसकेका छन् ।

Exit mobile version