JanaKura

सन्दीप लामिछाने स्वदेश फिर्ता 

टोखा लाइभ । २०७९ असोज २०
बालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। कतार एयरवेजको विमानबाट आज बिहान उनी स्वेदेश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीमाथि गत भदौ २१ मा बालिका बलात्कारको आरोप लागेको थियो । त्यतिवेला सन्दीप क्यारेबियन लिग खेल्न नेपाल छाेडिसकेका थिए। उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

आफूविरुद्ध जाहेरी परेपछि केही समय सम्पर्कविहीन भएका सन्दीपले आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत गराएका थिए।

Exit mobile version