JanaKura

विगत ३३ बर्ष देखी स्काउटमा अनवरत सेवा गरी सेवा निवृत्त पूर्व कार्यालय सहयोगी के.सीलाई बिदाई

टाेखालाइभ डट कम/नविना श्रेष्ठ
असोज १६,२०७९

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा विगत ३३ बर्ष देखी अनवरत सेवा गरी सेवा निवृत्त हुनुभएकोमा पूर्व कार्यालय सहयोगी गंगा के.सी.लाई नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरबाट सम्मान स्वरुप विदाई गरेको छ।

उहाँको मिहेनत, लगनशिलता र योगदान प्रति उच्च सम्मान व्यक्त गर्दै आउदो भविष्यमा सु—स्वास्थ्य र दिर्घायुको कामना सहित असोज १२ गते एक कार्यक्रम विच बिदाई गरिएको हो।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले के.सीलाई कदर पत्र र दोसल्लाले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई, विज्ञ देवराज घिमिरे लगायत नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका सम्पूर्ण कर्मचारीले उँहालाई विदाई गर्नु भएको थियो ।

 

 

Exit mobile version