• 2022-09-30

टाेखालाइभ डट कम/ असोज १४

काठमाडौं : दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमा बापत सात लाख रुपियाँ हस्तान्तरण गरेको हो ।

 

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बुधबार विराटनगरमा एक कार्यक्रमकाबीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको जानकारी दिए ।

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैंकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए । विसं. २०७८ मा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । बैंकले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रुपियाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको सात लाख रुपियाँको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उहाँहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरूका लागि यो योजना ल्याएको हो ।-मध्यान्ह दैनिकबाट

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै