JanaKura

बंगलादेशको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४३ पुग्यो

टाेखालाइभ डट कम/ असोज ११,२०७९

बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ। उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए।

केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ।

पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन्।

प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए।

 

Exit mobile version