JanaKura

भृकृटी मण्डपमा पहिलो ‘नाडा ईभी एक्स्पो २०२२’ शुरु।

टाेखा लाइभ डट कम/ असोज ७,२०७९

नेपालमा पहिलो पटक बिहीबारदेखि भृकृटी मण्डपमा ‘नाडा ईभी एक्स्पो २०२२’ शुरु भएको छ। नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालको आयोजनामा ईभी एक्स्पो असोज ६ गतदेखि ९ गतेसम्म भृकृटी मण्डप स्थित प्रदर्शनी स्थलमा हुनेछ।

पहिलो नाडा ईभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्टपुर्जा, विद्युतीय सेवा, बैंक तथा वित्तीय संस्था एवं अन्य विभिन्न सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको छ।
वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिएको उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ ओटा स्टल र ब्लकहरु रहेको आयोजकले जानकारी दिएको छ।

एक्स्पोमा ७ ओटा ब्राण्डका चार पांग्रे , एउटा तीन पांग्रे , १६ वटा ब्राण्डका दुई पांग्रे , ३ वटा बाण्डका टायर , २ ओटा बाण्डका ब्याट्री , ९ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ ओटा वित्तिय संस्थाहरुले सहभागिता जनाएको छ।

एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने , सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ।

Exit mobile version