JanaKura

नेसनल प्याव्सन काठमाण्डौको शुभकामना आदान प्रदान तथा एसइइ सम्मान भोलि

टाेखालाइभ डट कम/ असोज ६,२०७९

काठमाडौं /नेसनल प्याव्सन काठमाण्डौको शुभकामना आदान प्रदान तथा एसइइ सम्मान कार्यक्रम भोलि असोज ७ गते गर्ने भएको छ।

काठमाण्डौ धुम्बाराहीको स्मार्ट पार्टी भेन्युमा हुने सो कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदानका साथै एसइइ परिक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान समेत गरिनेछ।

नेसनल प्याव्सन काठमाण्डौका सदस्य विद्यालयहरुको सहभागितामा असोज ७ गते १२ बजे कार्यक्रममा सुरु हुने जानकारी दिदै नेसनल प्याव्सन काठमाण्डौका सचिवालय सदस्य तथा संचार विभाग प्रमुख राजन श्रेष्ठले कार्यक्रम सृजनात्मक रचनात्मक हुने बताएका छन।

Exit mobile version