JanaKura

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपप्रमुख सुनिता डंगोल

टाेखालाइभ डट कम/ भदौ २२,२०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन्।

बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागि उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन्।

उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकालाई बोलाइसकेको उल्लेख गर्दै बिहीबार अतिथिहरू आउने क्रम जारी रहेको र कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनामा कमी हुनसक्ने पनि खुलाइन्।

‘यो जात्राको महत्त्व विविधतायुक्त छ। आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो।’उनले भनिन्,।उपप्रमुख डंगोलले बोलाइएका पाहुना र देशवासीसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताएकी छन् ।

Exit mobile version