JanaKura

साँखुमा ३ दिन भाद्र १९ गतेदेखि २१ गतेसम्म देवी नाच नचाइने

टाेखालाइभ डट कम/भाद्र १६,२०७९,

साँखु । परापुर्व कालदेखि चलिआएको कागेअष्टमीको दिन रातभरि नचाइने देवी नाच यस वर्ष भने ३ दिन नचाइने भएको छ ।
प्रत्येक वर्ष साँखुमा कागेअष्टमीको दिन रातभरि नचाइने देवी नाच यस वर्ष पनि भाद्र १९ गतेदेखि २१ गतेसम्म ३ (तीन) दिन हुने भएको छ ।

यस वर्ष नयाँ देवी सिकाइएको हुँदा देवी नाच निकालिनु अगाडि धुँलाटोलको नाट्यश्वर मन्दिरमा पञ्चवली पूजा गरि धुँला डबलीमा सर्वप्रथम नाच देखाउने परम्परा रही आएको छ।

प्रत्येक दिन धुँला डबलीमा नाच देखाएर मात्रै अन्य टोल र डबलीमा नाच देखाउनु पर्ने बुझिएको छ ।

साँखु बजारका सबै टोलहरुमा नचाइने देवी प्याखं (नाच) सँगै ख्याः (ख्याक) प्याखं (नाच) पनि देखाईने चलन रहेको छ । फाेटाे सौजन्य;लावण्य सन्देशबाट

Exit mobile version