• 2022-07-21

    टाेखालाइभ डट कम/श्रावण ५,२०७९

    काठमाडौं/ नेकपा एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक  सम्पन्न भएको छ । काठमाडौं जिल्ला पार्टी कार्यालय धुम्बाराईमा आयोजित बैठकले गत स्थानीय तहको निर्वाचनको समिक्षा, चुनौती र समाधानमा केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरु गरेको छ । यी हुन् निर्णय

    साउन ७ गते पार्टी अध्यक्षको उपस्थितीमा ४५ औंं पुष्पलाल स्मृति दिवस मनाउने

    साउन ११ गते जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने

    साउन १३ गते निर्वाचन क्षेत्र नं १ देखि ५ सम्म अभिमुखिकरण कार्यशालाको आयोजना गर्ने

    साउन १४ गते क्षेत्र नं ६ देखि १० सम्म अभिमुखिकरण कार्यशालाको आयोजना गर्ने

    साउन १६ गते वसन्तपुरमा भेला भएर महंङ्गगीबिरुद्ध प्रदर्शनको आयोजना गर्ने

    भदौं १८ गते प्रथम जिल्ला परिषदको आयोजना गर्ने

    साथै भवन खरिदका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा जिल्ला कमिटिले तोकेको वडाको इन्चार्ज, नगर कमिटिले तोकेको नगर इन्चार्ज, वडा कमिटिको अध्यक्ष र सचिवको उपस्थित रहने बताइएको छ । त्यस्तै प्रदेश कमिटिबाट खटिएका उत्प्रेरक कार्यशालामा सहभागि हुन पाउने काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो ।

    बैठकमा चुनावमा हार व्योहोर्नुपर्ने मुख्य कारणको टिप्पणी गर्दै वैचारिक कामलाई प्राथमिकता दिनुपर्ने,विचार र व्यवहारको रुपमा रहेको खाडललाई कम गर्नुपर्ने, सांगठनिक शक्तिलाई विश्वास गर्ने परिपार्टीको विकास गरिनुपर्ने, कामको नयाँ क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, आन्तरिक र बाहय अवसरमा निरन्तर रुपमा एकै व्यक्ति र स्थानमा मात्रै केन्द्रित गर्न नहुने जस्ता बिषयमा छलफल भएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । बैठकमा पार्टी स्थायी कमिटि सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, एमाले पोलिटब्युरो सदस्य कृष्ण राई, काठमाडौं जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, सह इन्चार्ज विद्या सुन्दर शाक्य, नारायण सिलवाल, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, सचिव राजेश शाक्य काठमाडौं जिल्ला उपसचिव तेज बहादुर ढकाल, विन्दु महर्जनको उपस्थिती रहेको थियो ।

     

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै