JanaKura

ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा ६४ शिवलिङ्ग स्थापना

टाेखालाइभ डट कम/श्रावण २,२०७९

बुढानीलकण्ठ नगरपालिका वडानं २ को ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा आज ६४ शिवलिङ्गको प्राण प्रतिष्ठापन गरिएको छ। चार पुस्तादेखि पौडेल कुलद्वारा मन्दिरमा नित्य पूजा आरती सञ्चालन भैरहेको रूद्रेश्वर मन्दिर कुनै व्यक्तिद्वारा स्थापना भएको मन्दिर नभइ सत्य युग देखिनै यस मन्दिरको अस्तित्व रहेको विभिन्न किंबदन्ति रहदै आएका छन ।

प्राचीन कालदेखि नै विशेष रुपमा पूजा आराधना गरिने रुद्रेश्वर मन्दिरमा स्थापना भएका ६४ शिवलिङ्गको आज सोमवारका दिन प्राण प्रतिष्ठा समेत गरिएको छ। आरती कालमोचन गुठी अन्तर्गत सञ्चालन भैरहेको रुद्रेश्वर मन्दिरमा साउनकाे पहिलाे साेमवार पारेर बिधिवत पूजाअर्चना गरी ६४ शिवलिङ्गकाे पूजा शुरू गरिएकाे हो । ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरमा ६४ शिवलिङ्गकाे पूजाको अवसरमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा ,वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ,निवर्तमान वडा अध्यक्ष राजेन्द्र खड्का सहित जनहरुको सहभागिता रहेको थियो।फाेटाे सौजन्य : कपनअनलाइन

Exit mobile version