JanaKura

अघोषित सम्झौता–पत्र

– बिजय खत्री

श्रावण १,२०७९

यस चराचर जगतका मानिसहरुसँग मैले अघोषित सम्झौता गरेको छु । सम्झौता पश्चात्: उ पहिलो पक्ष र चराचर जगत दोश्रो पक्ष हुनेछ ।
१. पहिलो पक्षले राम्रो काम गरे दोश्रो पक्षको कारणले वा दोश्रो पक्षको उपलब्धी ठानिनेछ ।
२. पहिलो पक्षले दोश्रो पक्षलाई काममा सहयोग गरुन्जेल पहिलो र दोश्रो पक्ष बीचको सम्बन्ध प्रगाढ हुनेछ ।
३. पहिलो पक्षले कुनै काममा सहयोग मागेको खण्डमा दोश्रो पक्षले प्रथम पक्षको जायजेथा वा विगतमा गरेको आम्दानीको मूल्यांकन वा हालको आर्थिक अवस्था हेरी उचित ठानेमा सहयोग गर्न सक्नेछ ।
४. दोश्रो पक्षले अन्य कुनै ठाउँ वा व्यक्तिबाट पहिलो पक्ष सरह सेवा सुविधा प्राप्त हुन आएमा पहिलो पक्षलाई बेवास्ता गर्न सकिनेछ ।
५. पहिलो पक्षले दोश्रो पक्षलाई गत दिनमा गरेका सम्पूर्ण सहयोगहरु गौण हुनेछन् ।
६. प्रथम पक्ष समयको काल खण्डमा कुनै कारणबस सम्पर्क बिहिन हुन पुगेमा दोश्रो पक्षले पहिलो पक्षलाई खोजतलास नगरी विभिन्न आरोप तथा आलोचना गर्न बाध्य हुनेछ ।
७. प्रथम पक्षले ठोस कार्य प्रगति मैदानमा देखाउन नसकेको खण्डमा दोश्रो पक्षले पहिलो पक्षलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ ।
८. प्रथम पक्षले आफ्नो पाउले कुनै जीवमा आघात नहोस्, आफुलाई दुःख होस् दुखेसो नहोस्, दृष्टि होस् कुदृष्टि नहोस्, सोच होस् बेहोस् नहोस्, साथ होस् आश नहोस् साथै आफ्नो कार्यमा निरन्तर आत्मविस्वासका साथ अगाडी बढ्नु पर्नेछ ।
९. रगत र सामाजिक सम्बन्धको नाताले कुनै प्रभाव पार्नेछैन् ।
साक्षी
१. प्रकृति र पर्यावरण
२. समाज र समुदाय
मिति: २०४०–५० को दशक, शुभम् !

Exit mobile version