• 2022-07-07

    टाेखालाइभ डट कम/आषाढ २३,२०७९

    विश्व सङ्गीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा गायक विपुल क्षेत्री मनोनित भएका छन् ।रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व सङ्गीतका सर्जकलाई सदस्यतामा नियुक्त गर्दा नेपालीभाषी गायक विपुल क्षेत्री पनि मनोनित भएका हुन् ।रेकर्डिङ एकेडेमीले यसै साता २०२२ को नयाँ ग्रामी सदस्य वर्गमा सहभागी हुन भोटिङ सदस्यका रूपमा आमन्त्रित गरेको छ ।क्षेत्रीले गत हप्ता बुधबार निमन्त्रणा ग्रहण गर्दै एक पोस्ट अपलोड गरेका थिए ।

    उनले ग्रामी हेर्दै हुर्कनु र त्यसको हिस्सा बन्नु रोमाञ्चक भएको बताए। उनी आफू सम्मानित भएको र निमन्त्रणा स्वीकार गर्ने र संगीत समुदायको सेवा गर्ने, मनाउने र वकालत गर्ने अनगिन्ती सिर्जनाकर्ता र पेशेवरहरूसँग सामेल भएको बताए। यस वर्ष २००० नयाँ सङ्गीत कलाकार र सिर्जनाकर्ता थप्ने उद्देश्यले क्षेत्रीलगायत धेरै कलाकारलाई ‘म्युजिकको बोल्ड न्यू जेनेरेशन’का रूपमा रेकर्डिङ एकेडेमीमा सामेल हुन आमन्त्रण गरिएको छ ।

    क्षेत्रीले अब सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । एकेडेमीले यही हप्ता गायक क्षेत्रीलाई सदस्य बन्न निम्तो दिएको थियो, जसलाई उनले स्वीकार गरेका छन् । ग्रामीको सदस्यमा मनोनित हुने क्षेत्री पहिलो नेपालीभाषी गायक रहेका छन् । गायक क्षेत्रीलाई पठाएको बधाई सन्देशमा ग्रामीले ‘यो नियुक्तिले तपाईँको सिर्जना, नेतृत्व र रेकर्डिङ कलाको क्षेत्रमा योगदान पुर्याउँछ’ उल्लेख गरेको छ ।

    विपुल क्षेत्रीको डेब्यु एल्बम ‘स्केचेस अफ दार्जिलिङ’ सन् २०१४ मा रिलिज भएको थियो भने उनको एल्बम ‘माया’ २०१६ मा रिलिज भएको थियो। उहाँको सङ्गीत सिर्जनालाई पछ्याउँदै उनको पछिल्लो एल्बम ‘समाया’ सन् २०२१ मा रिलिज भएको थियो। क्षेत्रीका अन्य लोकप्रियएकलहरू मा बसन्त, गहिरो गहिरो, आशिष, टिस्टा, मुग्लान र नीला आकाश छन् ।

     

    
    

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै