• 2022-07-07

    श्रद्धा शर्मा/टाेखालाइभ डट कम

    असार २३,  २०७९

    काठमाडौं ।नेकपा माओवादी केन्द्रले स्थायी कमिटी गठन गरेको छ । पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकलाई जानकारी दिएका थिए ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २/३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उनले बताए ।

    पूर्व स्थायी कमिटीमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहत लगायत थिए ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै