JanaKura

सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२

टोखा लाइभ ।२०७९ असार २० गते ।

मुम्बई। कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन्। गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन्।

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने। प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो।

सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन्।

Exit mobile version