• 2022-06-26

    टोखालाइभ डट कम ।असार १२, २०७९

    काठमाडौं/ काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९र८० का लागि काठमाडौं महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालू आर्थिक वर्षमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो । सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ । काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।

    उपप्रमुखले बजेट वक्तव्यमार्फत सभामा प्रस्ताव गर्नुभएको बजेटमा २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ महानगरको सञ्चित कोषमा जम्मा हुने रकम हो । ३ अर्व ५ करोड १ लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो । यो रकम सञ्चित कोषमा जम्मा हुँदैन । सञ्चित कोषको रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लख २४ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको २.२४ प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्व ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल रकमको क्रमशः २०.९६ र ४९.५७ प्रतिशत हो ।

    बजेटको ७.२५ प्रतिशत अर्थात् १ अबं ६२ करोड २८ लाख २२ हजार रुपैयाँ सामाजिक क्षेत्रमा र १९.९६ प्रतिशत अर्थात् ४ अर्व ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि विनियोजन गरिएको छ । सञ्चित कोषमा जम्मा हुने रकममध्ये ११ अर्ब ९५ करोड रुपैयाँ बैङ्क मौज्दातसमेत १६ अर्ब ८० करोड १ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान छ । त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार रुपैयाँ, समानीकरण अनुदानबाट ८४ करोड १९ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । सामाजिक सुरक्षा भत्तावापत नेपाल सरकारबाट प्राप्त हुने १ अर्ब ६५ करोड रुपैयाँ, नेपाल सरकार र संघ सरकारका कार्यक्रमका लागि प्राप्त हुने ५२ करोड रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट ८८ करोड १ लाख ४७ हजार रुपैयाँ आय प्रक्षेपण गरिएको छ । चालु आर्थिक बर्षको समीक्षा ; उपप्रमुख डंगोलले नगर सभामा चालु आर्थिक बर्षको आय व्ययको समीक्षा प्रस्तुत गर्नुभएको थियो । यस बर्ष आन्तरिक स्रोतबाट ४ अर्ब ६६ करोड ४३ लाख १३ हजार रुपैयाँ र बाह्य श्रोतबाट ४ अर्ब ४२ करोड २७ लाख गरी कुल ९ अर्ब ८ करोड ७० लाख १३ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको थियो ।

     

    जसमा २०७९ जेठ मसान्तसम्ममा आन्तरिक श्रोतबाट ३ अर्ब ९९ करोड २६ लाख ५१ हजार ९ सय २८ रुपैयाँ आम्दानी भएको छ । यो लक्ष्यको तुलनामा ८५ दशमलव ६० प्रतिशत हो । बाह्य स्रोतबाट ४ अर्ब ८१ करोड २३ लाख ३९ हजार ८ सय ७० रुपैयाँ आम्दानी भएको छ । यो लक्ष्यको तुलनामा १०८ दशमलव ८५ प्रतिशत हो । यस अवधिमा दुवै स्रोत गरी ८ अर्ब ८० करोड ४९ लाख ९१ हजार ८ सय ७० रुपैयाँ आम्दानी भएको छ । यो लक्ष्यको तुलनामा ९६ दशमलव ९० प्रतिशत हो । यस आर्थिक बर्षका लागि १६ अर्ब २६ करोड २६ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये गएको जेठ मसान्तसम्ममा चालुतर्फ रु ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । पूँजीगत र पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ, वित्तियतर्फ १८ करोड गरी जम्मा ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । यो अनुमानित खर्चको ३६.६९ प्रतिशत हो । प्राथमिक कार्यक्रमहरु: सभामा उपप्रमुख डंगोलले उपलब्ध स्रोत, सूचना र मानब संसाधनको उच्चतम परिचालन गर्दै बिकासको गतिलाई तीब्रता दिने प्राथमिक कार्यक्रमहरु पेश गर्नुभएको थियो । सामाजिक, आर्थिक, भौतिक पूर्वाधार बिकास मार्फत समुन्नत र समाजबादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिमार्फत योगदान गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ । यस्तै लैङ्गिक समानता र सामाजिक समाबेसीकरणलाई टेवा पुग्ने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । विशेष महत्वका कार्यक्रम : आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा बिशेष महत्व केही योजना समावेश छन् ।

     

    महानगरपालिका क्षेत्रभित्रका हिति, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्ने कामलाई मुख्य रुपमा राखिएको छ । वडा कार्यालयहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने कार्यालयका रुपमा विकास गर्ने उद्देश्यकासाथ चालु आर्थिक बर्षको भन्दा आगामी बर्षका लागि झन्डै दोब्बर बजेट बिनियोजन गरिएको छ । महानगरपालिका केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित हरिभवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक सवारी यातायात सञ्चालन, सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण, पानी पुनर्भरण विशेष कार्यक्रम, महानगर उज्यालो कार्यक्रमले प्राथमिकता पाएका छन् । यसैगरी डबलीहरुको पुनस्र्थापना र एमपी थियटर निर्माण, सामुदायिक बिद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, वेस्ट टु इनर्जी प्लान्ट जडान, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी जडान, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण, महानगरपालिकाको विपद जोखिम नक्साङ्कन, आवधिक योजनालाई कार्यान्वयन चरणमा पु¥याउने, ई गभर्नेन्स मास्टर प्लान निर्माण, दमकल स्टेसनको बिस्तार, घर घरमा गइ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम प्राथमिकतामा परेका कार्यक्रम हुन् ।

     

    युवा केन्द्रीत कार्यक्रमहरु, खेलकुद बिकासका लागि पूर्वाधार निर्माण तथा बिभिन्न कार्यक्रम सञ्चालन, महिलाहरुलाई सीप बिकासमार्फत स्वरोजगार कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग, मेट्रो रेलको सम्भायता अध्ययन, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, शीत भण्डार निर्माण, केएमसी मार्ट निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा छन् । मृत जीवजन्तुको अन्तिम व्यवस्थापन, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रबर्धन, नदी नियन्त्रण तथा कोरिडोर क्षेत्रमा ढल प्रशोधन केन्द्रको निर्माण, सहरी यातायात ब्यबस्थापनका लागि कम्पनी स्थापना तथा सञ्चालन जस्ता महत्वपूर्ण र रणनीतिक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिएको छ । सभाबाट पारित भएको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका एकीकृत सीप बिकास कार्यक्रम, महानगर इ लाइब्रेरी, वडा वडामा मेलमिलाप केन्द्र तथा महिला सेल गठन तथा संचालन, न्यायिक समिति राष्ट्रिय सम्मेलन, वडा तहमा कानुनी परामर्श सहितको सेवाग्राही सहजता केन्द्र सञ्चालन, इन्द्रजात्रालाई अन्तराष्ट्रिय जगतमा परिचित गराउन बिशेष कार्यक्रम संचालन, अनुसन्धान तथा बिकास, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षण विशेष कार्यक्रम, आविष्कार केन्द्र, सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा स्तरोन्नति गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि समेत बजेट बिनियोजन गरिएको छ । यस्तै स्वास्थ्य, शिक्षा, फोहरमैला ब्यबस्थापन, सम्पदा संरक्षण तथा सम्बर्धन र पूर्वाधार बिकासलाई विशेष महत्व दिएर बजेट बिनियोजन गरिएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै