JanaKura

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक डीआईजीमा बढुवा

टाेखालाइभ डट कम/असार ९,२०७९

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएका छन्। गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको हो। टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको थियो।

आईजीपी धिरजप्रताप सिंह र एआईजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा बढुवा सिफारिस गरेका थिए।

Exit mobile version