JanaKura

अफगानिस्तानमा भूकम्प मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

टोखा लाइभ ।२०७९ असार ९ गते

अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्। तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बिबिसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

यसैबिच तालिवानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। बिबिसीका अनुसार अफगानिस्तानमा अहिले संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गरिरहेको छ। खोस्ट सहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्।-बिबिसी

Exit mobile version