JanaKura

मल नपाएको भन्दै किसानहरुद्वारा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

टाेखालाइभ डट कम/ असार ८,२०७९

काठमाडौं /मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

Exit mobile version