• 2022-06-15

    टाेखालाइभ डट कम / असार १,२०७९
    काठमाण्डौ/काठमाडौंको बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका छन ।

    घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन।

    पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् ।

    लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    आरोपीहरुमाथी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। -कपन अनलाइनबाट

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै