JanaKura

भक्तपुरमा स्काउट एडभान्स तालिम सम्पन्न

नविना श्रेष्ठ/टाेखालाइभ डट कम
जेठ २८,२०७९

भक्तपुरमा स्काउट एडभान्स ६ रात र ७ दिनको तालिम सम्पन्न भएको छ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बागमती प्रदेशका १० जिल्लाका ३९ जना विभिन्न बिद्यालयमा कार्यरत स्काउटको शिक्षकहरुलाई एडभान्स तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

बागमती प्रदेशका संयोजक शिबराम अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा कोर्ष नं ४५ र ४६ का कोर्ष लिडरद्वय भक्त राजभण्डारी र रामगोपाल कर्माचार्य, प्रदेश सदस्य रसुवा जिल्लाका शिवराम पुदासैनी ,प्रदेश तालिम प्रमुख अच्युत प्रजापतिले तालिमको महतबारेमा प्रकाश पारेका थिए।

समारोहमा एसिया प्रशान्त क्षेत्रका को अर्दिनेटर देबराज घिमिरे, ललितपुर उपमहानगरपालिका स्थानीय स्काउट संयोजक गोपाल महर्जन, भक्तपुर नगर, मध्यपुर, सुर्यबिनायक र चाँगुनरायण नगरपालिका स्थानीय स्काउट संयोजकहरु क्रमशः कृष्णसुन्दर प्रजापति, तुल्सिहरि प्रजापति, शिबकुमार त्वायना र उमेश सिंहको उपस्थिति रहेकोे थियो ।

Exit mobile version