JanaKura

अब काठमाडौंमा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने (पूर्णपाठ)

टाेखालाइभ डट कम/ जेष्ठ २४,२०७९, काठमाडौं ।

अब काठमाडौंमा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने भएको छ। सरकारले जग्गाको कित्ताकाटमा कडाइ गर्दै नयाँ प्रावधान ल्याएको छ । काठमाडौंमा घर बनाउने प्रयोजन (आवास) को लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको हो । राजपत्रमा भू–उपयोग नियमावली २०७९ प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ आनाभन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने नियम लागू गरेको हो ।

काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा पनि १५.७६ आना (५ सय वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाइएको छ । यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर)र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने वयवस्था गरिएको छ । नयाँ नियम अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रूपमा तोकिएको जग्गालाई न्यूनतम ५०० वर्गमिटर र आवसीय भनेर तोकिएका जग्गा न्यूनतम ४ आनामामा मात्र कित्ताकाट गर्न पाइनेछ।

 

 

Exit mobile version