JanaKura

पाँच हजार मिटर उचाईमा छायाँकन गरिएको विश्व कीर्तिमानी डा.उपाध्यायको गीत ‘तिलिचो ताल’ सार्वजनिक

टाेखालाइभ डट कम

जेष्ठ २४, २०७९

काठमाडाैं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतले भिडियो सार्वजनिक गरिएको थियो ।

 

उक्त अवसरमा तिलिचो हिमालको काखमा गरिएको लाइभ प्रस्तुतिकाे गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गरेकि थिइन् । उक्त एतिहासिक गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ रहेको छ । उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

Exit mobile version