JanaKura

टेकुको कनक पेट्रोलपम्पमा विष्फोट, दुई जना घाइते

टाेखालाइभ डट कम जेठ २३,२०७९

काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए।घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा केही दिनअघि समस्या देखिएपछि मर्मतको लागि वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट भएको हो।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Exit mobile version