JanaKura

नार्गाजुन नगरपालिकाका स्थानीय आधारभुत स्काउट तालिम सम्पन्न

नविना श्रेष्ठ/टाेखालाइभ डट कम
जेठ २०,२०७९

नार्गाजुन नगरपालिकाका स्थानीय आधारभूत स्काउट तालिम सम्पन्न भएको छ। ४८७ औं BTC तथा ३५६ औं PTC तालिम अन्तराष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ।

नार्गाजुन नगरपालिकाका BTC,PTC का कोर्षका कोर्ष लिडर शम्भु राज शर्मा र लिला श्रेष्ठ रहेको थियो।भने कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संयोजक शिवराम अर्याल रहेको थियो। काठमाडौं महानगरपालिकाको स्थानीय संयोजक विमला श्रेष्ठ, सहायक राष्ट्रिय प्रशिक्षक शुभद्रा क्षेत्री, CLT का शिव कुमार त्वायना,काउन्सिलर ज्ञानी महर्जन, अस्मिता श्रेष्ठ,रन्जु लामाको उपस्थिती रहेको थियो।

५ रात ६ दिनको BTC,PTC स्काउट तालिमको कार्यक्रम उद्घाटन समारोह र समापन कार्यक्रम भने बागमती प्रदेशका संयोजक शिव राम अर्यालले गर्नुभएको थियो।

Exit mobile version