JanaKura

आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा

टोखालाइभ डट कम/ जेठ २१,२०७९

काठमाडौं । आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ।

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ। यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । फाेटाे सामाजिक संजालबाट

Exit mobile version