JanaKura

आइतबारसम्म एघार हजार नेपाली स्वदेश फर्किए।

o'PO{af6 p4f/ ul/Psf g]kfnL sf7df8f}F @# h]7 M lqe'jg cGt//fli6«o ljdfg:yndf z'qmaf/ …sf]le8 !(Ú efO/;sf] dxfdf/Lsf sf/0f o'PO{af6 p4f/ ul/Psf g]kfnL . pgLx?nfO{ sf7df8f}F, nlntk'/ / eQmk'/sf] xf]lN8ª ;]G6/df /flvPsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;


टाेखा लाइभ,असार १५ काठमाडौं : वैदेशिक रोजगारीमा गएका कामदार र अन्य मध्ये हालसम्म करिब एक तिहाई स्वदेश फर्किन सफल भएका छन् ।कोरोना भाइरस संक्रमणका कारण फर्काउनुपर्ने बाध्यात्मक अवस्थामा रहेका कामदारहरुलाइ सरकारले गत जेठको तेस्रो सातादेखि कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली स्वदेश फर्काउन शुरु गरेको थियो । फर्काउनै पर्ने अवस्थामा रहेका ३५ हजारमध्ये आइतबारसम्म ११ हजार ३ सय ७१ जनालाई स्वदेश फर्काइएको छ ।
समस्यामा रहेका नेपालीलाई फर्काउन थालिएपछि सबैभन्दा बढी कुवेतबाट आएका छन् । कुवेतबाट आइतबारसम्म २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कुवेत सरकारले गत अप्रिलमा सञ्चालन गरेको आममाफी कार्यक्रममा सहभागी हुन् । उक्त प्रक्रियामा सहभागी २ हजार ९ सय ९१ मध्ये अन्य ५ सय ९१ फर्किने प्रतिक्षामा रहेका छन् ।
यस अवधिमा यूएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, बहराइनबाट ४ सय २०, दक्षिण कोरियाबाट २ सय २८, ओमानबाट ३ सय १३ नेपाली फर्किएका छन् ।

केही समयअघि बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ४ लाख ७ हजार नेपाली स्वदेश फर्किन चाहेका भएपनि तत्काल ३५ हजारको हाराहारीमा फर्काउनुपर्ने बाध्यता रहेको जानकारी दिएका थिए ।

वैदेशिक रोजगारबाहेक अन्य काममा गएकामध्ये सिंगापुरबाट १ सय ४६, बगंलादेशबाट ८ सय १५, अस्ट्रेलियाबाट २ सय ६९, थाइल्याण्डबाट ३ सय २६, अमेरिकाबाट ४ सय ८३ र बेलायतबाट २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।

यसैबीचमा कोरोना भाइरसको संक्रमणपछि विभिन्न मुलुकमा ३ सय ३३ जना नेपाली कामदारहरुकोे मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ
८७ वटा शव पनि नेपाल ल्याइएको छ । विदेशबाट १ सय २० शव ल्याउन अझै बाँकी छ । हालसम्म विभिन्न मुलुकमा रहेका १ सय २६ शवको गन्तव्यमै अन्तिम संस्कार गरिएको छ । ।

Exit mobile version