JanaKura

नेकपा एमालेको काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

टाेखालाइभ डट कम/ बैशाख ११,२०७९,

काठमाडौं /नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको । बैशाख १० गते बसेको  सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

०५४ पछि पाँच वर्ष काठमाडौं महानगरपालिकाको मेयर बनेर चर्चामा छाएका केशव स्थापित नेकपा एमालेका फरक भिजन भएका नेता हुन् ।

सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल सुनिता डंगोलको परिचय त्यतिमा मात्रै सीमित छैन । उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई प्रबर्द्धन गर्दै सुनिताले क्याली जात्रामार्फत विश्वभरका नेपालीलाई भर्चुअल प्रविधिबाट सिकाउँदै लिपीको सम्बद्र्धन गर्दै आएकी छिन् ।सुनितालाई लिपी क्वीनको उपनामले समेत चिनिन्छिन् ।

त्यसै गरि नेकपा एमालेले बिराटनगर महानगरपालिका र दुई उपमहानगरपालिका बाहेक उम्मेदवार टुंगो लगाएको छ ।

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर( चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया

मेयर- बिनोद शाह

Exit mobile version