JanaKura

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दीपक कुँवर सम्मानित

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १५,२०७८

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टाेखाका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएको छ। फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रम समारोहमा सम्मान गरेको थियो।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनीयर कुँवरलाई सम्मान गरिएको युर्निभर्सिटीले जनाएका छन्। नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहेका इञ्जिनीयर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका थिए।

कुँवरले गोँगबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्ष समेत भएर काम गरेका थिए ।

Exit mobile version