JanaKura

समाजवादी प्रेस संगठन नुवाकोटको अध्यक्षमा जमुना गजुरेल

टाेखालाइभ/फाल्गुन ५, २०७८

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ । विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति समेत चयन गरिएको हो।

त्यस्तै कमिटीको उपाध्यक्षमा हरीराम भेटुवाल सचिवमा राममणी अधिकारी, कोषाध्यक्षमा दिपक थापा, सदस्यहरुमा बिपस्ना बस्नेत,हरिजगं पाण्डे,सृर्जन पाैडेल,मनाेज न्याैपाने,सुबास भट्ट रहेका छन्। साथै उक्त भेलाले समाजवादी प्रेस संगठन बाग्मती प्रदेश कमिटि सचिवकाे संयाेजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएकाे छ। सदस्यहरुमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन्।

कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार ख्यातीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

 

Exit mobile version