JanaKura

काठमाडौं महानगरपालिका २१ स्थित यङ्गा हिति सरसफाई कार्यक्रम सम्पन्न(फाेटाे फिचर)

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १ ,२०७८

काठमाडौ महानगरपालिका वडा न २१ स्थित यङ्गा हिति पुर्ण सरसफाइ कार्यक्रम शनिबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।

बर्षौ देखि थाती रहेको यङ्गा हितिलाई काठमाडौंमा नगरपालिकाका नेवा:ग्वहालि पूच: क्व:ने को युवा जनशक्ति आवाज लाई स्विकारी सम्पूर्ण सम्पदा प्रेमी सम्पदा प्रतिको माया प्रकट भएका संघ-संस्था तथा शार्दूल जङ्ग गुल्म (सैनिक) नेपाल जनसेवा प्रहरी, महानगरपालिकाका वडा नं २१ का जनप्रतिनिधि तथा स्थानीयवासी एवं सम्बन्धित सरोकारवालाहरु समेतको सरसफाई कार्यक्रममा हातेमालो गरी सहभागी भएको थियो।

आफ्नो भाषा कला साहित्य सांस्कृतिक सम्पदालाई जोगाई राख्न सधै एक साथ, एक आवाज उठाइ रहने नेवा ग्वहालि पूच,नेवा राजनीतिक अभियान जस्ता नेवा जातिको लागि आवाज उठाउने संघसंस्था लगायत सम्पूर्ण दृश्य र अदृश्य रुपमा साथ सहयोग गर्नु हुने सम्पदा प्रेमी सबैलाई नेवा ग्वहालि पूच क्व:ने का अध्यक्ष सुमित दास रञ्जितकारले धन्यवाद व्यक्त गरेका थिए।

 

Exit mobile version