JanaKura

ऐतिहासिक पनौतीमा हरेक १२/१२ वर्षमा लाग्ने मकर मेलाको (फाेटाे फिचर)

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ माघ २५,२०७८
काठमाडौं /ऐतिहासिक पनौतीमा हरेक १२/१२ वर्षमा लाग्ने मकर मेला यो वर्ष २०७८ माघ १ गतेदेखि शुरू भएर माघ मसान्तसम्म मेला लाग्दैछ। सो मेलामा सहभागी भएर त्रीबेणी घाटमा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्त भइने जन बिश्वास रहि आएको छ। एक पटक द्वापरयुगमा स्वर्गका राजा ईन्द्रले परम सुन्दरी अहिल्यालाई छक्याई अनैतिक सम्बन्ध राख्दा शरीर भरी हजारौं यौनी उत्पन्न हुँदा यसै त्रीबेणी घाटमा १२ वर्षसम्म ईन्द्रले तपस्या गरेको तथा पापबाट मुक्ति पाएको किवदन्ती १२ वर्षे मकरमेलासंग सम्बन्धित छ।वर्तमान समयमा यो१२ वर्षे मकरमेलालाई आफन्तसंग मिलन हुने विशेष अवसरको रूपमा लिने गरेको जनबिश्वास छ।

Exit mobile version