JanaKura

स्थानीय तहको चुनाव २०७९ वैशाख ३० गते गर्ने सरकारको निर्णय

टाेखालाइभ डट कम/,माघ २४।

काठमाडौं /स्थानीय तहको चुनाव सरकारले आगामी
वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको निर्वाचन
गर्ने सरकारको निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते निर्वाचनमा जाने निर्णय सरकारले लिएको जानकारी दिएका छन्।

यसअघि सरकारले जेठमा ४ गतेको चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले आयोगसँग फेरि परामर्श गरेर यो मिति तय गरिएको हो।

 

 

Exit mobile version