JanaKura

थिरिमाली’ को आइटम गितमा बाेल्ड स्वस्तिमा

टाेखालाइभ डट कम/ माघ १०,२०७८

नेपालमा छायांकन गरिएको साउथ ईन्डियन( मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गित सैन म्युजिकको युट्युव च्यानल मार्फत  सार्वजनिक भएको छ।
रंग बिरंगी रात फिरंगी’ बोलको गितको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ।

रंग बिरंगी रात फिरंगी’ बोलको गितमा उनी बाेल्ड अवतारमा कम्मर मर्काएकी छन् ।फिल्मको कथालाई पनि जोडिएको गितमा स्वस्तिमा संगै कोरस डान्सरमा नेपाली युवतीहरु देखिएका छन् ।

गितको डान्सिङ थिम को गितको भिडियोमा उनको आकर्षक नृत्यले ध्यान खिच्छ। फिल्म मलयालम भाषामा निर्माण भएपनि गित भने हिन्दी भाषामा छ। बिजिपालको संगीत , तनिष्क नब्बरको शब्द रहेको गितमा चर्चित गायिका सुनिधी चौहानको स्वर सुन्न सकिन्छ। गितको छायांकन काठमाडौंको दरवार स्क्वायर र होटेल द्वारिकाका रमणीय दृश्य देख्न देखिन्छ ।जनवरी २२ मा सार्वजनिक भएको ‘थिरिमाली’ को आइटम सो गित सैन म्युजिकको युट्युव च्यानलमा हालै १ मिलियन भ्युज पाएको छ।

 

Exit mobile version