JanaKura

नेकपा एमालेका अध्यक्ष ओलीलाई कोरोना भाइरसको संक्रमण

टाेखालाइभ/ माघ ९,२०७८

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ।

सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओलीको पीसीआर परीक्षण भएको थियो। पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। कोरोना देखिएपछि ओलीसँगै उनकी पत्नी राधिका शाक्य बालकोटस्थित निवासमा नै आइसोलेसनमा बसेका छन्।

Exit mobile version