JanaKura

प्रेस चौतारीको महाधिवेशन स्थगित

टाेखालाइभ / माघ ४,२०७८

काठमाडौँ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । पोखरामा यही माघ २२–२३ गते हुने भनिएको प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन कोरोना भाइरस कोभिड १९ को जोखिमका कारण स्थगन भएको हो ।

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले बिज्ञप्ति मार्फत जानकारी दिए ।

Exit mobile version