JanaKura

मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

टोखा लाइभ । २०७८ पुष २६ गते ।

काठमाडौं । सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरेर उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको जनाएको हो ।
केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै सुरू भइसकेको जनाएको छ।

बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो। त्यसैले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।

Exit mobile version