JanaKura

ए डिभिजन लिगः मच्छिन्द्रको सघर्षपूर्ण जित शिर्षस्थान कायमै

टाेखालाइभ/पौष २४,२०७८

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले फ्रेन्डस क्लबसंग लिगको आठौं चरणको खेलमा सघर्षपूर्ण जित निकालेको छ।

लिगको ’रेलिगेसन जोन’को फ्रेन्ड्स क्लब माथि १–० गोलको जित हात पारेको हो। मच्छिन्द्रको जितमा फ्रेन्ड्सले गरेको आत्मघाती गोल पर्याप्त रह्यो।यस् जितसँगै शिर्ष स्थानको मच्छिन्द्रले २० अंक बटुलेको छ। यता ३ अंक जोड्न सफल फ्रेन्ड्स तालिकाको १४औं स्थानमा रहेको छ।

खेलको ६८औं मिनेटमा मच्छिन्द्रको खतरा टार्ने क्रममा रोनेल एन्थोनी पलले आफ्नै पोस्टमा हेड गरेपछि खेलको एकमात्र गोल भएको थियो।फाेटाे सौजन्य / एन्फा

 

 

Exit mobile version