• 2022-01-06

    टाेखालाइभ डट कम/ पौष २२,२०७८

    काठमाडौं /नेकपा एमालेका पोलिटव्यरो सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तरास्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन।

    काठमाण्डौ बानेश्वर स्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष राईले नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनमा काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दावी गरेका छन।

    काठमाण्डौ जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र,११ नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्ने काठमाण्डौवासीहरुको सहभागिता रहने जानकारी दिदै अध्यक्ष राईले वर्तमान सरकार पांच दलीय गठबन्धन नभई अदालत सहित ६ दलीय गठनबन्धन रहेको भन्दै कटाक्ष समेत गरेका थिए।

    नेकपा एमालेमा काठमाण्डौ जिल्लाका कुनै पनि राजनीतिक दल संग खुल्ला सभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै राईले काठमाण्डौ जिल्लाका११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेसनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको बजानकारी पनि दिएका थिए।

    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल,केशव स्थापित,रुपनारायण श्रेष्ठ,विद्यासुन्दर शाक्य,बिना श्रेष्ठ,सरिता न्यौपाने,शान्ति अधिकारी लगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो।

    प्रेस बिज्ञप्ति

    पौष २३ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा रहेको मुलपानी क्रिकेट मैदानमा हुने नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ जिल्ला अधिवेसनको तयारी पुरा भएको छ।

    “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ ! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ!” भन्ने मूल नारा साथ नेकपा एमालेको दशौ महाधिवेसनको सफलता पछी महत्वपूर्ण काठमाण्डौ जिल्ला कमिटिको अधिवेसन उद्घाटन शत्रलाई नेकपा एमालेका श्रदेय अध्यक्ष कमरेड केपी ओली सहित केन्द्रीय नेताहरुले संबोधन गर्नुहुनेछ।

    काठमाण्डौ जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र,११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेसनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरेर पौष २३ गते मुलपानी क्रिकेट मैदानमा ११ बजे हुने उद्घाटन समारोहमा १ लाख जनताहरुलाई सहभागी गराउने अभियान रहेको जानकारी गराउन चाहान्छौ।

    काठमाण्डौका न्याप्रेमी जनताको न्यानो माया र अगाध स्नेह निरन्तर पाउदै आएको नेकपा एमाले काठमाण्डौ जिल्लाको नेतृत्व चयनका लागि बन्द शत्र पौष २४ गते रास्ट्रीय सभा गृहमा हुनेछ।

    नेपालका हरेक राजनीतिक परिवर्तनमा निर्णायक र प्रभावशाली भूमिका निर्वाह गर्नुभएका काठमाण्डौका परिवर्तनकामी जनताको मत र अभिमतको योगदानमा नेकपा एमालेलाई विभिन्न तहमा आफ्नो जनप्रतिनिधिका रुपमा सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै उद्घाटन शत्रमा सहभागिताका लागि हार्दिक आग्रह गर्दछौ ।

    उद्घाटन शत्रमा र्यालीको रुट :

    १. शंखरापुर नगरपालिका र कगेश्वरी मनोहरा नगरपालिकाका वडा नं १,२,३,४,र ५ : थली चौर

    २. काठमाडौँ क्षेत्र नं १ का वडा नं १०, ९, ३१ र क्षेत्र नं २ का कामपा वडा नं ९ र ३२: कोटेश्वर –पेप्सीकोला – सनसिटी हुदै मुलपानीको पिपलबोट

    ३.काठमाडौँ क्षेत्र नं ३,४ ,५,६ र ७ ,गोकर्णेश्वर नगरपालिकाका सबै र कामपा ६ : जोरपाटी पेट्रोल पम्प नारायणटार

    कृष्ण राई

    अध्यक्ष

    नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै