JanaKura

अनेरास्ववियु टाेखा नगर कमिटीकाे अध्यक्षमा प्रशान्त डंगोल सर्वसम्मत चयन

टाेखालाइभ डट कम/पाैष १७,२०७८

काठमाडौं /अनेरास्ववियु टाेखा नगर कमिटीको भेलाले अध्यक्षमा प्रशान्त डंगोललाई सर्वसम्मत चयन गरिएको छ।
अनेरास्ववियु टाेखा नगर कमिटीको टाेखा नगरपालिका वडा नं २ स्थित न्हुज: पुस्तकालय भवनमा शुक्रबार आयाेजित भेलाले प्रशान्त डंगोलकाे नेतृत्वमा १३ सदस्यीय कमिटी समेत गठन गरिएको हो।
कमिटीको उपाध्यक्षमा अनिश डंगोल , काेषाध्यक्ष मनोनीत हुन बाकी….सचिवमा रजिता थापा,सह-सचिवमा पुकार महर्जन,सदस्यहरुमा साेमि डंगोल ,सुजन श्रेष्ठ, बिकास सिलवाल,सुसन श्रेष्ठ ,साेम डंगोल ,स्वस्तिका श्रेष्ठ, प्रशान्त डंगोल(२) ,प्रियंका सिलवाल मनोनीत भएका हुन् ।अनेरास्ववियु टाेखा नगर कमिटी अध्यक्ष बिकास श्रेष्ठकाे साभापतित्वमा सम्पन्न भएको कार्यक्रम श्रेष्ठले नै संचालन गरेको भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य तथा अनुसासन विभाग प्रमुख दिपेश प्रसाईं, जिल्ला कमिटी सदस्य एवम् टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल,काठमाडौं जिल्ला कमिटी सदस्य एवं प्रदेश संस्कृति बिभाग इन्चार्ज मनिराज डंगोल,पार्टी बुद्धिजीवी परिषद्काे केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठ,
टाेखा नगरपालिका एमाले वडा ८ पार्टी सचिव अनुप कुमार राई , टाेखा नगरपालिका वडा नं ३ का पार्टी अध्यक्ष सर्यमान डंगोल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version