• 2022-01-01

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/पौष १७,२०७८

    सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्र ककनीमा बि.टि.सि, पनि.टि.सि तालिम सम्पन्न गरेका कर्णाली प्रदेशका १२१ जना स्काउट मास्टरहरुलाई भेटघाट गर्नुभएको छ।

    नेपाल स्काउट प्रस्तुति तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले आफू अदालतको निर्णयलाई शिरोपन गर्दै पुन: नेपाल स्काउटको राष्ट्रिय संयोजकको जिम्मेवारीमा फर्किएको स्मरण गराउँदै अब ऐन नियमावलि निर्देशिका तथा प्रचलित कानुनको अधिनमा रही नेपाल स्काउटको वाषिर्क नीति अनुसार १३,००० सामुदायिक विद्यालयहरुमा कार्यक्रम गरी स्काउटको शिक्षा विस्तार गर्ने र दक्षिण एवं सक्षम युवाहरूको विकास गर्ने साथमा सुन्दर, समृद्ध समाजको निर्माणमा समर्पित गराउने लक्ष्य रहेको बताउनुभयो ।

    नेपाल स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहराले कर्णाली प्रदेशका प्रत्येक पालिकामा स्काउट शिक्षा विस्तार गर्ने र समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय तहदेखि नै आफू स्काउट र यसका गतिविधिहरूको बारेमा जानकारी रहेको कुराहरु सहभागीहरुलाई बताएका थिए। नेपाल स्काउट एक विशुद्ध स्वयम् सेवी संस्था भएको हुँदा संस्थागत मूल्य मान्यता एवं विश्व स्काउटका आदर्शहरु निर्वाध रुपमा अघि बढाउन समेत कर्णाली प्रदेशका स्काउट मास्टरहरुलाई निर्देशन दिएका छन्।

    पौष १५ बिहिवार सम्माननीय राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्र ककनीमा BTC,PTC तालिम सम्पन्न गरेका स्काउट मास्टरहरुलाई बधाई समेत दिनुभएको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै