JanaKura

नेपाल स्काउट ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा कर्णाली प्रदेशस्तरीय तालिम सम्पन्न

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/पौष १७,२०७८

नेपाल स्काउट ककनी अन्तर्राष्ट्रिय तालिमकेन्द्र नुवाकोटमा पौष ९ गते देखि प्रारम्भ भएको कर्णाली प्रदेशस्तरीय बि.टि.सि, पि.टि.सि तालिम गत बुधबार सम्पन्न भएको छ।

नेपाल स्काउट ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्र कर्णाली प्रदेशका ७९ स्थानीय पालिकाहरुबाट जम्मा २४१मा महिला ६१ जना र पुरुष १८० जना सहभागी भएको थियो। तालिममा पुरुष तालिम विभाग अन्तर्गत ६ वटा कोष र महिला २ वटा कोर्ष सञ्चालन भएको थियो।

तालिम समापन गर्न नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी र पूर्व पदाधिकारीहरु देवदूत अधिकारी एवं दिपेश केसी, ओजमको सल्लाहकार देवराज घिमिरे लगायत बागमती प्रदेशका सदस्य शिव राम अर्याल, विजेन्द्र धौजु, कोर्ष लिडर सुरज खनाल दामोदर बस्नेत, महिलामा लिला श्रेष्ठ, सुजिता सैजु लगायत कोर्ष लिडरहरु काउस्लिडरहरुको उपस्थिति रहेको थियो।

Exit mobile version