JanaKura

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री निर्वाचित

टाेखालाइभ/पौष ६, काठमाडौं

नेकपा माओवादी केन्द्र वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । सहयात्री र अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।

त्यसै गरि उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् भने सचिवमा इन्द्रबहादुर थिङ निर्वाचित भएका हुन । सचिवका उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

Exit mobile version