JanaKura

रङ्ग कूचिका जादुगर किरण मानन्धर

टाेखालाइभ डट कम/ पुस २,२०७८

काठमाडौं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर संग आज हनुमान ढोकामा २ घण्टा लामो मैत्रीपूर्ण भेट्घाट हुने अवसर जुर्‍यो। अत्यन्तै सरल एवं खुल्ला ब्याक्तित्वका धनी आदरणीय श्रष्टा तथा वरिष्ठ कलाकार किरण सर सोचे भन्दा पनि राम्रो कलाकार हुनुहुदोरहेछ। हरपल मुस्कुराई रहने,हरेक भेटमा उर्जा भरिएका गफ गर्ने,आधुनिक नेपाली कला जगतको अग्रिम पंत्तिमा आउने किरण मानन्धर क्यानभासमा रङग फ्यॉकिरहेका छन। पूर्वेली सॉस्कृतिक प्रतिबिम्बलाई हुबहु चित्र उतार्छन। मूर्त, अर्ध- मूर्त तथा प्रतिकात्मक रूपले प्रस्तुत गर्छन।

हुन् त अमूर्त चित्रकला भित्र राता, सेता, पहेलो, प्याजी, हरिया र नीला चहकिला रंग संयोजन लाई सन्तुलित ढंगले कूचिको प्रवाह झट्का दिएर आकृतिमय स्वरूपमा ल्याउनु वरिष्ठ कलाकार किरण मानन्धरको कलाको विशेषता नै मानिन्छ। सन् १९८९ मा चित्रकलामा बनारस हिन्दु विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरे देखि अनवरत रूपले आफुलाई जीवनमा अमूर्त कला बनाउन सिकाएको उनको अनुभव छ।” त्यहॉ देखि अविरल रूपले राष्ट्रीय तथा अन्तर्राष्ट्रीय कला प्रदर्शनीमा मैले आफ्नो सीप देखाउँदै आईरहेको छु ।करिव ५ दशक देखि अविछिन्नरूपमा विभिन्न रङमा कला सिर्जना गर्दै आईरहेको छु । मैले सिर्जना गरेको कलाका विविध सौन्दर्यले नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट चिनारी दिइराखेको छ । “ मूर्धन्य कलासर्जक किरण मानन्धर सुनाउँछन।

Exit mobile version