JanaKura

एकीकृत समाजवादी निकट अनेरास्ववियूद्वारा मोबाइल एप सार्वजनिक

टाेखालाइभ/मंसिर २९, २०७८

काठमाडौं /नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा मोबाइल एप सार्वजनिक गरिएको छ।

अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिविधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो ।आइतबार पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यक्रममा एप सार्वजनिक गर्दै अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँ–गाउँ ठाउँ–ठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताएका थिए ।

सार्वजनिक भएको मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारका सामाग्री, गतिविधि सबै एउटै एपमा राख्नुका साथै सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिने छ ।

Exit mobile version