JanaKura

मच्छिन्द्र क्लबको फराकिलो जित

नविना श्रेष्ठ
टाेखालाइभ/मंसिर २६ ,२०७८

मच्छिन्द्र क्लब सहित स्मारक लिग ‘ए’ डिभिजनको शिर्ष स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा हिमाल शेर्पा क्लबलाई ३-० गोलले अन्तर पराजित गर्दै मछिन्द्र क्लबको फराकिलो जित भएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रका खेलाडी सुनिल बल ,नर्लान नोभुजोभ र विमल धर्ति मगरले एक एक गोल गरे।

खेलको २९ औं मिनेटमा सुनिल बलले हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा एक गोल गरेको हो।

खेलको ६८औं मिनेटमा नर्लानले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाएका थिए।त्यसै क्रममा खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३-० को जित दिलाएको हो ।

खेलमा मछिन्द्रका छिरिङ गुरुङ म्यान अफ दि म्याच चुनिए। भने हिमालयनका उमेश राईले इमर्जिङ प्लेयरको अवार्ड समेत जिते।

Exit mobile version