नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २४,२०७८
काठमाडौं /नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा आयोजित पदभार ग्रहण तथा बधाई एवम् शुभकामना आदानप्रदान समारोह सम्पन्न भएको छ।
बिहीबार टाेखा नगरपालिका वडा ६ स्थित मंगलादेवी भवन धापासीमा रहेको एक सभाहलमा पूर्व सभापति रमेश खड्काले हस्तान्तरण गरी नवनियुक्त सभापति श्याम खड्काले पदभार ग्रहण गरेका थिए।
आफू सहमतिमा नियुक्ति भएदेखि पार्टीका सबै कार्य जिम्मेवारी पूर्वक सम्हालेर राखेको जिम्मेवारीलाई अब नवनियुक्त सभापतिलाई सबै पदाधिकारीहरूको सामु हस्तान्तरण गरेको पूर्व सभापति रमेश खड्काले बताए।
पूर्वसभापति खड्काले आफूले जानेको बुझेको अबका दिनहरुमा सबैसँग हातेमालो गरी साथ दिएर अघिबढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
पार्टीका सबै जिम्मेवारी कागजहरु हस्तान्तरण र ग्रहण पछि नेपाली कांग्रेसका महाधिवेशनका प्रतिनिधिहरू, क्षेत्रीय पदाधिकारीहरू, प्रदेश क,ख का सभापतिहरु तथा सिकाइका सभापति सबैलाई फूलमाला लगाई वधाई तथा शुभकामना दिएको थियो।
नवनियुक्त सभापति श्याम खड्काले अबको चार वर्षको समयमा पार्टीका सबै जिम्मेवारीहरु रहेका सबै व्यक्ति शुभचिन्तक पार्टीका पदाधिकारीहरूको साथमा हातेमालो गरी अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रम पछि उपस्थित सम्पूर्ण पार्टीका अग्रज विश्वासिलो व्यक्तिहरु सबैलाई नवनियुक्त सभापति श्याम खड्काले धन्यवाद व्यक्त गरेका थिए।