• 2021-12-07

टाेखालाइभ/ मंसिर २१,२०७८

एजेन्सी : म्यानमारको अदालतले लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ।सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड महामारी रोक्न लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई चार वर्षको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारको सेनाले सैन्य कू गरेर नागरिक सरकार अपदस्थ गरेको थियो । आम निर्वाचनमा धाँधलीको आरोप लगाउँदै
उनीमाथि ११ वटा आरोप लगाएका थिए । सेनाले सत्ता कब्जा गरेको थियो । सुकीले भने सबै आरोप अस्वीकार गरेकी छिन् ।

म्यानमारको सैन्य कूको विश्वभरबाट निन्दा भएको थियो ।म्यानमारको सेनाले कु गरेको विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना नागरिकको ज्यान गइसकेको छ ।
नागरिक सरकार पुनर्वहालीको माग गर्दै भएका आन्दोलनमा सेनाले निर्मम दमन गरेको थियो ।

म्यानमारमा सुकीको लोकप्रियता अझै पनि कायम छ । उनलाई सैन्य शासनविरुद्धको संघर्षको प्रतीक मान्नेहरु विश्वमा असंख्य छन् ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै