JanaKura

नेपालमा २ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

टाेखालाइभ/ मंसिर २०,२०७८

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । नेपालमा ७१ वर्षीय र ६६ वर्षीय दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भर्चुअल पत्रकारसम्मेलन गर्दै यो जानकारी दिएको हो ।

ओमिक्रोन भेरियन्ट फेला परेको देशबाट मंसिर ३ गते नेपाल भित्रिएका ६६ वर्षीय पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको थियो । उनको नजिकका ७१ वर्षीय व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण जस्तै लक्षण देखिएपछि मंसिर ७ गते पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा दुवै जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जनाएको छ।अहिले दुवै जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Exit mobile version