JanaKura

एमालेको १० औं राष्ट्रिय महाधिवेशन अध्यक्ष ओलीद्वारा कार्यक्रम उद्घाटन ( फाेटाे फिचर )

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर १०,२०७८

चितवन /नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गरेका छन्।

महाधिवेशनको अध्यक्ष ओलीले आज नारायण घाटमा रिर्माेट थिचेर राष्ट्रिय झण्डा, पार्टीको झण्डा, चुनाव चिन्हको झण्डा झन्डोत्तोलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा विभिन्न कलाकारहरुले प्रत्यक्ष गीत संगीतको धुन बजाएर स्वागत गरेका थिए। भने झाँकी पनि प्रदर्शन गरेका थिए। उद्घाटन सत्रमा एमालेका ५ लाख भन्दा बढी नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो।

१०औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थित रहेको थियो। प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा एमाले पार्टीलाई शुभकामना सन्देश दिएको थियो।

महाधिवेशनमा एमालेको निम्तो स्वीकार गरेर भारतमा, बङ्गलादेश श्रीलङ्का,कम्बोडिया लगायतका देशबाट तथा विभिन्न पार्टीका शीर्ष राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थित रहेको छ। भने विभिन्न देशका राजनीति दल
राप्रपा , समाजवादी दल,नेकपा माओवादी लगायत पार्टीका पदाधिकारीहरुले शुभकामना सन्देश दिएको थियो ।

कार्यक्रममा मासिक रूपमा प्रकाशन हुँदै आएको नेकपा एमालेको मुखपत्र नवयुग मासिकलाई अन्लाईन संस्करणमा नवयुग डट कमको पनि अध्यक्ष केपी शर्मा ओलीले लन्च गरेका थिए ।

नारायण घाटको उद्घाटन कार्यक्रम समाप्त पछि भोली सौराहामा बन्दसत्र कार्यक्रम हुने भएको छ।

Exit mobile version